२६ असार २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

साहित्यपोस्टको काव्य, आख्यान र गैरआख्यान पुरस्कार आर्यश, बालिका र रमेशलाई

साहित्यपोस्टले हरेक वर्ष नवोदित कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार नवलेखकहरूमा अर्पण गरेको छ।

वर्ष २०८१ का लागि ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’लाई, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’ लाई र ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’लाई प्रदान गरिएको हो। विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशिका साथमा प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रममा काव्य, आख्यान र गैरआख्यानतर्फको पुरस्कारहरूको घोषणा क्रमशः प्रा.डा. सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गरेका थिए। कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रूपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा ‘साहित्यपोस्ट नवरत्न २०८१’ लाई प्रमाणपत्रका साथमा खादा ओढाएर सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरूमा कविता सङ्ग्रह ‘बन्द कोठाको झ्याल’का सर्जन हेमन्त शिशिर, ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’का सर्जक आर्यश, ‘मायाको आयतन’का सर्जक मधुसुदन घिमिरे, कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’का सर्जक रमण, उपन्यास ‘धीमहि’का सर्जक जयराम तिमल्सिना, उपन्यास ‘प्याउली’का सर्जक बालिका वान्तावा, नियात्राकृति ‘छालबाटो’का सर्जक रमेश भुसाल, संस्मरणकृति ‘छोटु’का सर्जक सञ्जीव पौडेल र निबन्धकृति ‘मार्केट अफ स्विटहार्ट’का सर्जक तारा भट्टराई रहेका थिए।

कार्यक्रममा ‘साहित्यपोस्ट एप’को औपचारिक रूपमा सार्वजनिकीकरण समेत गरिएको थियो। एप तथा साहित्यपोस्टका पछिल्ला गतिविधिबारे अच्युत कोइरालाले प्रकाश पारेका थिए।

त्यसैगरी, कवि तथा अधिवक्ता पेशलकुमार लुइँटेलले आउँदो वर्षबाट आफ्नो प्रायोजनमा साहित्यपोस्टमार्फत् अंग्रेजीतर्फ समेत एक पुस्तकलाई पुरस्कृति गर्ने घोषणा गरे। कार्यक्रममा बाछिटाहरूको सङ्ग्रह ‘उत्कृष्ट बाछिटा’ को विमोचन समेत गरिएको थियो।

प्रकाशित: २१ असार २०८२ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App