२७ पुस २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

स्रष्टा रिजाल र आचार्यलाई ‘रमेश गंगा-स्रष्टा सम्मान’

नेपाल स्रष्टा समाजले ‘रमेश-गंगा स्रष्टा सम्मान’ को घोषणा गरेको छ। ‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल तथा ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१ ‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो।

सिर्जनात्मक क्षेत्रमा लामो समयसम्म निरन्तरता दिएर उल्लेख्य योगदान गरेका ५० वर्ष उमेर पार गरेका नेपाली स्रष्टालाई प्रदान गरिने उक्त सम्मानको नगदराशि २१ हजार एक सय एघार रूपैयाँ छ। दुवै स्रष्टाले विभिन्न विधाका पुस्तकहरू प्रकाशित छन्।

यसअघि उक्त सम्मानबाट जनार्दनशरण त्रिपाठी, प्राडा वासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित छन्।

यस सम्मानका संस्थापक रमेशचन्द्र, डा. दिनेशचन्द्र, महेशचन्द्र, सुवासचन्द्र तथा देवेशचन्द्र देवकोटा रहेको अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले जानकारी दिए।

प्रकाशित: १९ असार २०८२ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App