२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘पीआर’ फिल्मको टिजर सार्वजनिक

सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर सार्वजनिक भएको छ। एक कार्यक्रमको आयोजना गरी टिजर रिलिज गरिएको हो।  

टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्ष, उनीहरूको दुख र नेपालमा परिवारको पीडा देखाइएको छ। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ।

त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन्। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्देशन शोभित बस्नेतले गरेका छन्। यस फिल्मको कथा पनि उनकै छ।

ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा यस फिल्मका निर्माता हुन्। फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)  छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। यस फिल्मको मुख्य सहायक निर्देशकका रूपमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ छन्।

केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहेको यो फिल्मको छायांकन अस्ट्रेलियाको विभिन्न शहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतले बताए। निर्माण पक्षकाे अनुसार  यो फिल्म यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्डको सबै शहरमा र रिलिज गरिंदै छ। यसबाहेक दशैको आसपासमा विश्वव्यापी रूपमा रिलिज गरिने निर्माण पक्षको भनाइ छ। यो फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ।

प्रकाशित: १३ असार २०८२ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App