गीतकार गणेश खड्काको प्रेम कथामा आधारित ‘नगएको भए हुन्थ्यो’ गीत सार्वजनिक भएको छ।
‘नगएको भए हुन्थ्यो’ गीत गणेश खड्का युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। नेपाली सङ्गीत क्षेत्रका लाेकप्रिय सङ्गीतकार महेश खड्काको सङ्गीत र लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा सजिएको उक्त गीत दर्शक/श्रोताले धेरै राम्राे भएकाे प्रतिक्रिया दिइरहेका छन्।
सङ्गीत संयोजन महाराज थापा, रेकर्डिङ कुशल थापा, मिक्सिङ्ग / मास्टरिङ्ग रमेश सेन्चुरी, स्टुडियो एमटी स्टुडियो, अभिनय अनिश मगर, प्रतिज्ञा भण्डारी, भिडियो निर्देशन नीता राई, क्यामेरा / सम्पादन इसाक जबेगु, शृङ्गार रबिना लिम्बू र भिडियो संयोजन डीआर अटुकाे रहेकाे छ।
प्रकाशित: ९ असार २०८२ १३:०७ सोमबार