३२ असार २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

गुञ्जियाे गीत ‘जिन्दगीको के भरोसा’

स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ को शब्द, सङ्गीतकार नरहरि प्रेमीको सङ्गीत र अपेक्षा खनालको स्वर रहेको ‘जिन्दगीको के भरोसा’ गीत सार्वजनिक भएकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासी लगायतले ‘जिन्दगीको के भरोसा’ गीति एल्बमको लोकार्पण गरेका हुन्।

कार्यक्रममा स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ लाई अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र वरिष्ठ साहित्यकार महेश प्रसाईले टोपी, माला र पुष्पवृष्टिकाे साथ सम्मान गरेका थिए।

श्रीरामसिहं बस्नेतले लोकार्पित एल्बमबारे समीक्षा गरेका थिए। लोकार्पित गीतका सङ्गीतकार नरहरि प्रेमी र गायिका अपेक्षा खनालले गीतबारे मन्तव्य राख्दै गीत गाएका थिए।

कवि मुरारी सिग्देलले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र गीतकार ‘भीमफेदीया’ ले नेपाली गीतको अवस्था, प्रतिलिपि अधिकार र रोयल्टी संकलनको अवस्थाबारे बोलेका थिए।

डालो रेस्टुरेन्ट, अनामनगरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, कथाकार एवं शब्दपथका प्रधानसम्पादक किशोर पहाडी, प्राडा गोविन्दमान सिंह कार्की, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, पत्रकार एवम् कथाकार श्रीराम सिंह बस्नेत, साहित्यकारहरू - विजयध्वज थापा, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी, सन्तोष श्रेष्ठ, जयराम विडारी, मन्जिला अनिल, उषा केसी, गंगाप्रसाद भेटवाल, प्रतिक घिमिरे, नवराज पराजुली, वन्दना पौडेल, मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ असार २०८२ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App