१ श्रावण २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

वसन्त चौधरीले ल्याए ‘देवयानी’

साहित्यकार वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’को विमोचन भएको छ। ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण गरिएको छ।

कार्यक्रममा उमा सुवेदी, अमर न्यौपाने, बबिता बस्नेत, विश्वविमोहन श्रेष्ठ र कुमारी लामाले उपन्यास देवयानीप्रति टिप्पणी गरेका थिए। उनीहरूले उपन्यास वैवाहिक सम्बन्धको वरिपरि घुमेको बताए।

उपन्यासले वर्तमान समाजको यथार्थ चित्रलाई चित्रण गरेको उनीहरूको विश्लेषण थियो।

कार्यक्रममा उपन्यासकार चौधरीले पाँच दशक लामो लेखनीमा पहिलो उपन्यास दुई वर्ष लगाएर लेखेको रहस्य खोले। उनले छोटा कथा लेखेको अनुभवले उपन्यासको कथाको प्लट तयार पार्न सजिलो भएको बताए। उनले आफूले अहिलेसम्म इमानदार भएर कलम चलाएको बताए।

उपन्यासले दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य र त्यसबाट उत्पन्न द्विविधामा अलमलिएको पुरुष चेतनालाई सविस्तार वर्णन गर्ने प्रयास गरेको छ।

‘देवयानी’ ले फरक अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिबिचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकतालाई प्रबल रूपमा प्रस्तुत गरेको छ। यसले सम्बन्धमा आउने जटिलता र मानवीय मनोभावको गहिराइलाई केलाउने प्रयास गरेको देखिन्छ। यसअघि चौधरीका निबन्ध, गीत, कविता गरी करिब दुई दर्जन कृति प्रकाशित छन्।

प्रकाशित: ७ असार २०८२ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App