विविध कार्यक्रमकाे साथ गजलकार प्रमोद श्रेष्ठ र दिया शाहकाे गजल वाचन सम्पन्न भएकाे छ।
शकुन आँसुको ‘नवयुगकी सुम्निमा’, भीम विरही राईको ‘बारुदले कोरेका अक्षरहरू’ लोकार्पण भएकाे छ।
विश्व नेपाली साहित्य महासङ्घ ‘विनेसाम’ जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचनसँगै दुई कृतिको लाेकार्पण भएको हाे।
लेखक, विश्लेषक तथा समाजवादी दर्शनका अध्येता विश्वभक्त दुलाल आहुतिको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका सदस्य कुविर लामाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि आहुतिले शकुन आँसुको ‘नवयुगकी सुम्निमा’ र भीम विरही राईको ‘बारुदले कोरेका अक्षरहरू’ लोकार्पण गरेका हुन्। मातृभाषामै लेखेर जापानीहरूले नोबेल पुरस्कार जितेको बताउँदै उनले मातृभाषामा पनि साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाली भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, साहित्य चौतारी नेपाल जापान शाखाका अध्यक्ष सरिता ढकाल, याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार तुम्सा, नेपाल मगर सङ्घ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, अधिवक्ता डा. बलराम श्रेष्ठ, एनआरएन कान्तो जापानका अध्यक्ष सागर कार्की, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानका उपाध्यक्ष विनोद स्याङ्तान, किरात नेपाल तामाङ समाज जापानका महासचिव जनक थोकर र पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपाध्यक्ष पेम नुरी शेर्पा उपस्थिति रहेको थियो।
त्यस्तै ग्लोबल फोरम जापानका संरक्षक धनबहादुर विक, किराया कान्तोका अध्यक्ष ध्रुवदेव राई, अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, विनेसाम जापानका संरक्षक देवीबहादुर इङ्नाम, विनेसाम जापानका सल्लाहकार भुवन रोका, साहित्य चौतारी नेपाल जापानका संरक्षक अमरदेव बास्तोला, जापान समाचार डटकमका प्रधानसम्पादक गोकर्ण अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
सल्लाहकार भुवन रोकाले संस्थाको स्थापनाकालदेखिको आरोहअवरोह सुनाउँदै कसैसँगकाे प्रतिस्पर्धाभन्दा विशुद्ध साहित्य सिर्जनाका लागि एकीकृत भएको बताए।
संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक देवीबहादुर इङ्नामले सबैको प्रयास र मिहिनेतले छैटौं स्थापना दिवस मनाउन सफल भएको बताए।
अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्यालले आफ्नो मुक्तकसंग्रह ‘संघर्ष १०१’ बारे बाेल्दै संग्रहकाे केही मुक्तक सुनाएका थिए।
त्यस्तै कवि रोशन याक्सोको कवितासंग्रह “सम्झनाको चोमोलोङमा” को पनि विशेष प्रदर्शन गरिएको थियो।
कार्यक्रममा क्रान्ति चेम्जोङ, अमरदेव वास्तोला, गृष्मा पौड्याल, शारदा पाण्डे, अविरल पाण्डे, समर प्रेम, राजन घले, लक्ष्मी अर्गेजा मगर, प्रविण लामा, भुवन रोका, म्यामराज राई, सम्झना चाम्लिङ लगायतले गजल वाचन गरेका थिए।
कार्यक्रमलाई विनेसाम जापान शाखाकी सहसचिव सयपत्री थुलुङले पहिलो चरण र संस्थाका उपाध्यक्ष शिवराज राईले दोस्रो चरण सञ्चालन गरेका थिए।
कार्यक्रममाका सभापति रविन्द्र दिखुक्पाले विशेष गजल वाचन गर्ने स्रष्टाहरूलाई बधाई तथा शुभकामना, प्रमुख अतिथि र अतिथिहरूलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए।
प्रकाशित: ४ असार २०८२ १०:४६ बुधबार