फिल्म 'महाराजधिराज' मा अभिनेता पल शाह बाहिरिएका छन्।
निर्माण कम्पनी छत्रेश्वर म्यानेजमेन्ट प्रा।लीले फिल्मलाई लिएर पल शाहसँग भएको सम्झौता अन्त्य गरिएको जनाएको छ।
किन पलसँगको सम्झौता अन्त्य गरियो भन्नेबारे कसैसँग पनि नबोल्ने दुई पक्षबीच सम्झौता भएको निर्माणपक्षले जनाएको छ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सुरूमा पल अनुबन्ध भएका थिए।
फिल्ममा कलाकारहरूको लाइनअप बलियो देखिएको छ। आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, गजित विष्ट, उषा रजक लगायतका कलाकारहरू फिल्ममा जोडिएका छन्।
प्रकाशित: ३० जेष्ठ २०८२ १२:२५ शुक्रबार

