७ असार २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

'मिरमिरे'मा दयाहाङपछि प्रकाशको इन्ट्री

चलचित्र 'मिरमिरे'मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन्। अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो सिनेमामा अनुबन्धित गराइएको हो।

प्रकाश अहिलेका रुचाइएका कलाकार हुन्। चलचित्र 'मिरमिरे'बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन्।

अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन। 'हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ। केहीसँग कुरा भइरहेको छ,' निर्देशक यम शेर्पाले भने, 'हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ।'

प्रकाश यो सिनेमामा अभिनेताका रूपमा मात्रै रहने छन् वा सांगीतिक पाटोमा पनि जोडिने छन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए। चलचित्र राम्रो बनाउन कुनै सम्झौता नगर्ने उनले दोहोर्‍याए। 'मिरमिरे' यमको दोस्रो निर्देशन हो।

चलचित्र 'कार्साङ' फेम्ड निर्देशक यमले 'मिरमिरे'को कलाकार लाइनअप बलियो हुने बताए। प्राविधिक पक्ष पनि सिनेमाको बलियो हुने उनको भनाइ छ।

अभिनेता प्रकाश सपूतले 'मिरमिरे'मा जोडिन पाउँदा खुसी व्यक्त गरे। आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यस सिनेमाले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन्।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिए। चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको 'मिरमिरे'का सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन्। यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

'मिरमिरे'लाई २०८२ मा रिलिज हुनेछ। प्रदर्शन मिति भने तय भएको छैन। चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ।

प्रकाशित: २७ जेष्ठ २०८२ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App