८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

गजलकार भूपाल अधिकारीको ‘दिव्यदीप’ लोकार्पण

गजलकार भूपाल अधिकारीको गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण गरिएको छ। नोबेल साकोस कोसी प्रदेश शाखाले विराटनगरमा, दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो।

प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाईं बरबरिक, डा. छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारुविज्ञ डा. देवी पन्थी, सङ्गम अभियानका प्रधानसम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसन्धाता केशु विरही लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा प्राडा हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चमा अध्यक्ष दीप मङ्गाती, स्रष्टाहरू रमेन्द्र कोइराला, शिवनारायण मण्डल सिङ्गल, पुष्पा सायरा, नानुमैया दाहाल, राधा भट्टराई, उमानाथ घिमिरे, उमानाथ भट्टराई, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाल लगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।

लोकार्पित कृतिमाथि हरि कट्टेलको समीक्षा प्रस्तुत गरेका थिए। समीक्षा प्रस्तुत गर्दै ‘दिव्यदीप’ पूर्ण रूपमा बहरमा लेखिएको एउटा महत्त्वपूर्ण कृति रहेको बताए।

कार्यक्रममा नोबेल साकोसका संस्थापक राजन न्यौपाने, भरत बरबरिक, केशु विरही, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, बाबुराम पोखरेल लगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो।

कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा पत्रकारिताका क्षेत्रमा योगदान दिने  ८ व्यक्तिलाई सम्मान गरिएको थियो। विशिष्ट साहित्य सम्मानबाट केशु विरही र शरद प्रधानाङ्ग, विशेष साहित्य सम्मानबाट प्रिन्स प्रमोद ढकाल, विशिष्ट कला सम्मानबाट प्रयाग न्यौपाने, सञ्चार सम्मानबाट गोकुल पराजुली र मदन भण्डारी, सामाजिक सम्मानबाट करिम अन्सारी र बालप्रतिभा सम्मानबाट प्रज्ञा कट्टेल रहेका छन्।

कार्यक्रममा मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राईलगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा संस्थाका सदस्य ऋषि तिवारीको शुभकामना मन्तव्य रहेको थियो।

मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राई र सदस्य नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो।  

प्रकाशित: १८ जेष्ठ २०८२ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App