१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुन ‘पिताम्बर’ र ‘रंगी’ टिम जापानमा

‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल-२०२५’ मा सहभागी हुन अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, कृषा चौलागाइँ सहित सलोन बस्नेत जापान गएका छन्। 

जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’को नोमिनेसनमा एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्र पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन्।

अभिनेता सौगात मल्लको यस फिल्ममा दर्शकले एक्सन पराएका थिए। जापान जानुअघि सौगातले यो अवार्ड कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुशी लागेको बताए। हलमा प्रदर्शनरत फिल्म पिताम्बरकी निर्देशक कृषा चौलागाइँले यो आफ्नो सफलता भएको बताएकी छन्।

नेपालमा एक्सन जनराको यो खाल्को मेकिङमा निर्देशक कृषाले आँट गरेको भन्दैले धेरैले प्रशंसा गरेका छन्। उनको निर्देशकीय कलालाई दर्शकले मन पराएका छन्। उनले यसअघि फिल्म ‘ऐँचोपैचो’ निर्देशन गरेकी थिइन्। जुन फिल्म समीक्षात्मक हिसावले समेत सफल भएको थियो। निर्माता हुँदै निर्देशनमा हात हालेकी कृषाले पछिल्लो फिल्म ‘पिताम्बर’मा चलेका कलाकार राखेर नै निर्देशनमा होमिएकी हुन्। जुन फिल्म सफल रूपमा अहिले पनि हलमा चलिरहेको छ।

यता फिल्म ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेपछि कार्यक्रममा सहभागी हुन जापान गएका हुन्।

फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्। युना इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ।

युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाई हुन्। उनले यस फेस्टिभलको मुख्य सहभागी गर्नुको कारण नेपाली फिल्मको बजारलाई देश तथा विदेशमा अझ बिस्तार गर्नु रहेको बताए। कुराकानीका क्रममा उनले भने, ‘नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरमा पुर्याउन सघाउन पुर्याउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ।’

उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएको छ। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ) नागोयामा गरिने छ।

प्रकाशित: ११ जेष्ठ २०८२ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App