२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘के घर के डेरा : घर नं २’ हलमा तारिफ, बलियो वर्ड अफ माउथ

चलचित्र ‘के घर के डेरा : घर नं २’ ले रिलिजको पहिलो दिनदेखि सकारात्मक वर्ड अफ माउथ पाएको छ। निर्देशक दीपेन्द्र के खनालका अनुसार बिहानभन्दा बेलुका शोमा दर्शक बढी छन्। वर्ड अफ माउथ बलियो छ। दर्शकले सिनेमाको जिन्दगी जिउने सन्देश मन पराएको उनको भनाइ छ। 

प्रिमियरमा जस्तै नियमित शोमा पनि दर्शकले रुचाएको उनले बताए। दर्शकको प्रतिक्रिया नै आफ्नो मुख्य प्रचार भएको खनालले जानकारी दिए। राम्रो सिनेमा दिएको भन्दै दर्शकको साथ चाहिएको उनको तर्क छ। 

प्रिमियरमा १८० सर्वसाधारणले सिनेमा हेरेर तारिफ गरेका थिए। मल्टिस्टारर यो सिनेमा उच्च अपेक्षासहित हलमा आएको छ। दीपेन्द्र के खनालको निर्देशन र बुद्धिसागरको कथामा बनेको सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारीलगायतको अभिनय छ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुतिमा बनेको सिनेमाको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्। कार्यकारी निर्माता युवराज कार्की र निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।

प्रकाशित: २ जेष्ठ २०८२ २०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App