२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

उदायाे बेलबारीमा ‘सुनौलो जून’

पूर्वाञ्चल हाइकु सङ्घ, कोसी प्रदेशले ‘सुनौलो जून’ सामुहिक हाइकुसङ्ग्रहकाे लाेकार्पण गरेकाे छ।

अग्रज सामाजिक तथा सांस्कृतिक व्यक्तित्व, वरिष्ठ साहित्यकार हर्कमान तामाङकाे प्रमुख आतिथ्यमा बेलबारी बहुमुखी क्याम्पसमा ‘सुनौलो जून’ काे लाेकार्पण गरिएकाे हाे।

उक्त कार्यक्रममा संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञाप्रतिष्ठानका सचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो), लेखक तथा अनुसन्धाता केशु विरही, स्रष्टाहरू :  धनजीत पराजुली, दीप मङ्ग्राती, मुना मिश्र, यादव भट्टराई, नवराज नवशिला, राजु परियार लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पूर्वाञ्चल हाइकु सङ्घ, कोसी प्रदेशले प्रकाशन गरेकाे ‘सुनौलो जून’ मा कोशी प्रदेशका नौ जिल्लाका २१ स्रष्टाका ५०/५०  हाइकु स गृहीत छन्।

कार्यक्रममा राजेन्द्र प्रधान पासाले लोकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा कृतिमा समेटिएका २१ स्रष्टामध्येका चूडामणि नेपाल अकिञ्चन, डी. बी. बस्नेत, एवाइ प्रभात, नवराज पोखरेल ‘नवशिला’, कृष्ण गौतम, टीका मिलन, हिरा खड्का लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए।

कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्वाञ्चल हाइकु सङ्घ, कोसी प्रदेशका सदस्य सिजन श्रेष्ठको स्वागत मन्तव्य, संस्थाका अध्यक्ष तिला लेकालीको अध्यक्षता र उपाध्यक्ष हेमसागर पोखरेलको सञ्चालन रहेको थियो।

प्रकाशित: २७ वैशाख २०८२ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App