कथाकार दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ। सोमबार साँझ एक समारोहमा कृति लोकार्पण भएको हो।
पुस्तकमा विविध विषयका १८ कथा समेटिएको छ। क्यानडामा बसोबास गर्ने पौडेलको यो पहिलो कृति हो।
कथामा आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रूपमा प्रस्तुत गरेको पौडेलले बताए।
कथासंग्रहमाथि बोल्दै समीक्षक राजकुमार बानियाँले कथामा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथाव्यथासम्म कलात्मक शैलीमा प्रस्तुत गरेको र संग्रहभित्रका कथाको शीर्षकले पाठकहरूलाई कौतुहलता पैदा गराउने किसिमको रहेको छ।
त्यसैगरी समीक्षक विक्रमभक्त जोशीले कथाहरू छोटा वाक्यहरूमा छन् र पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको छ। दुई देशको फ्युजन गरिएको छ। कथाको परिवेश नै इम्याजिन गर्न सकिने खालको छ। सरल लेखन शैलीमा लेखिएका कथाहरू छन्। शिखा बुक्सले प्रकाशन गरेको उक्त किताबको मूल्य रु. ४९५/-रहेको छ।
प्रकाशित: २५ वैशाख २०८२ ११:३० बिहीबार