१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तक लोकार्पण तथा ५ सर्जकलाई सम्मान

‘हेम-सरिता पाठक फाउन्डेसन’ ले ५ सर्जकलाई सम्मान अर्पिएकाे छ। प्रज्ञाभवनमा पत्रकार तथा गीत र कविताका गरी ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान अर्पिएकाे हाे।

फाउन्डेसनका अध्यक्ष जेनी पाठकको अध्यक्षता र माननीय डा. अमरेशकुमार सिंहकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

उक्त कार्यक्रमका प्रमुख अतिथि डा. अमरेशकुमार सिंहले उक्त पुरस्कारहरू अर्पिएका थिए। कार्यक्रममा २ लाख राशिको टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरू मातृका दाहाल र दीपा दाहाललाई संयुक्त रूपमा पुरस्कार अर्पिएकाे थियाे।

पुरस्कृत पत्रकार दाहालद्वयले खोजपत्रकारिता मार्फत सत्ता संरचनामा जरा गाडेका भ्रष्टाचार उजागर गर्दै सुशासन र जवाफदेहिताका पक्षमा कलम चलाउँदै आएका छन्।

यसैगरी १ लाख राशिको ‘हेम- सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार गोपालप्रसाद थपलिया र सङ्गीतकार एवं गायक शिशिर योगीलाई संयुक्त रूपमा अर्पिएकाे थियो। उक्त पुरस्कार ‘जनतालाई रुवायो’ गीतका लागि अर्पिएकाे हाे।

यसैगरी नगद १ लाख राशि भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट कवि तोया भट्ट पुरस्कृत भएको कार्यक्रममा उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र अध्यक्ष जेनी पाठकले कविहरूलाई संयुक्त रूपमा पुरस्कार अर्पिएका थिए।

उक्त कार्यक्रममा ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तक पनि लोकार्पण गरिएकाे थियो।

कार्यक्रममा प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंह, हेम-सरिता पाठक फाउन्डेसनकी अध्यक्ष जेनी पाठक, प्रमुख संरक्षक हेम पाठक, पूर्व सांसद नवराज सिलवाल, बाग्मती प्रदेशका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठ, राप्रपाका महामन्त्री शरदराज पाठक, पूर्व आइजिपी सर्वेन्द्र खनाल, फाउन्डेसनका प्रमुख सल्लाहकार एंव वरिष्ठ गायक प्रेमराजा महत, सामाजिक अभियन्ता टेकराज पौडेल, चर्चित कलाकार लय संग्रौला, पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाल लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

हेम-सरिता पाठक फाउन्डेसनका महासचिव राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य, महत्त्व र पुरस्कृत व्यक्तित्वहरूको योगदानबारे बोलेका थिए।

कार्यक्रममा पुरस्कृत कवि तोया भट्ट र सिस्नुपानी नेपालका अध्यक्ष लक्षमण गाम्नाङेले भ्रष्टाचारविरुद्धको कविता वाचेका थिए।

कार्यक्रममा टङ्कप्रसाद पाठक र रमादेवी पाठकको सम्झनामा मौनधारण गरिएको थियाे। कार्यक्रममा गायक एवं सङ्गीतकारहरू नारायण रायमाझी, वीवी अनुरागी, कृष्ण कडेल र नवीन पौडेलले भ्रष्टाचारविरुद्धको गीत गाएका थिए।

राष्ट्रिय लोकभजन संरक्षण प्रतिष्ठान नेपालको ओमकारेश्वर भजन समूहले भ्रष्टाचारविरुद्धको भजन प्रस्तुत गरेका थिए।

लाेकप्रिय कवि ठाकुर बेलवासेले सहजीकरण गरेको सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त किशोर सिलवाल, पूर्व रक्षा सचिव देवेन्द्र सिटौला, फाउन्डेसनकी संरक्षक सरिता पाठक, सल्लाहकारहरू तीर्थ कोइराला, रमेश खरेल (पूर्व डिआइजी), गीतकार एवं समाजसेवी शोभित उप्रेती, समाजसेवी राम सिवाकोटी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २३ वैशाख २०८२ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App