१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

महान्यायाधिवक्ता सविता भण्डारी ले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।

उनलाई अघिल्लो अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्ति गरेकी थिइन्। 

नयाँ सरकार गठन भएसँगै आफूलाई नियुक्त गर्ने सरकार परिवर्तन भएपछि भण्डारीले पदबाट अलग हुने निर्णय लिएकी हुन्। उनी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बनेकी थिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणपछि मुलुकको राजनीतिक नेतृत्व परिवर्तन भएको सन्दर्भमा यो राजीनामा आएको हो। महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकारका रुपमा हेर्ने गरिन्छ । 

प्रकाशित: १३ चैत्र २०८२ १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App