१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘शैली साहित्य समाज’ काे अन्तर्राष्ट्रिय शैली साहित्य सम्मान एवं कविगोष्ठी

‘शैली साहित्य समाज’ ले नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’ को प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रिय साहित्य सम्मान एवं कविगोष्ठी गरेकाे छ।

नव वर्ष २०८२ र २५८७ औँ बुद्घ जयन्तीको अवसरमा शैली साहित्य समाजले   शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान केसी “रानू”को अध्यक्षतामा कार्यक्रम  भएको हाे।

सो कार्यक्रममा विशिष्ठ अतिथिको भूमिकामा डा. बमबहादुर थापा जिताली, वेदमणि घिमिरे, कलानीधि दाहाल, विजयध्वज थापा, कृष्ण बाउसे, हरिभक्त सिग्देल लगायतका साहित्यकारहरू थिए।

कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकारद्वय भागीरथी श्रेष्ठ, शङ्कर भारती एवं भारतको दार्जिलिङबाट डा. कमला तामाङ, इस्लामपुरबाट सुशान्त नन्दी र सिक्किमबाट सहयात्री प्रीतमलाई शैली साहित्य सम्मानबाट सम्मान गरिएको थियो।

 सो समारोहमा उपस्थितहरूमध्येबाट अधिकांशले बुद्ध र नव वर्षलाई आधार मानी सिर्जना गरिएका कविता सुनाएका थिए। कविता वाचन गर्नेहरूमा विजयध्वज थापा, हरिभक्त सिग्देल, परशुराम पराशर, सुचिता काफ्ले, राजबाबु श्रेष्ठ सागर, कात्यायन, दीपक लोहनी, पवन बूढाथोकी, टेकबहादुर लोदारी, प्रेम राई परीक्षित, शारदा पराजुली, ढुण्डिराज पोखरेल, सानुराजा अञ्जान, कृष्ण बाउसे, मुकुन्द पौडेल, रामशरण न्यौपाने, बिन्दु अधिकारी ढकाल, ममता मृदुल, राजनप्रसाद न्यौपाने, लीलाराज दाहाल, रुद्र अधिकारी, राममणि ढुङ्गेल, गोविन्दप्रसाद घिमिरे वेदमणि, कलानीधि दाहाल, निर्मलरमण पराजुली, जगत् उपाध्याय प्रेक्षित, डा. बमबहादुर जिताली, रामकुमार पण्डित, लब खड्का, डिल्लीप्रसाद मूलतिहून, मञ्जुश्री प्रधान केसी, लुमन्ती चित्रकार, उषा केसी, रश्मि रिमाल लगायतका थिए।

लुमन्ती चित्रकारले सञ्चालन गरेकाे कार्यक्रममा प्रदीप महर्जनले राष्ट्रगान जहाँ छन् बुद्धका आँखा गाएका थिए। डा. कमला तामाङ, प्रीतम सहयात्री, सुशान्त नन्दीले कविता वाचनकाे साथ मन्तव्य व्यक्त गरेका थिए।

शङ्कर भारती र भागीरथी श्रेष्ठले समसामयिक विषयलाई जोड्दै मन्तव्य दिएका थिए।

डा. कमला तामाङले पहिलोपटक नेपालबाट सम्मानित हुँदा अत्यन्तै खुसी लागेकाे बताउँदै नेपाली भाषा र साहित्यप्रति थप जिम्मेवारीबोध भएको बताइन्।

शैली साहित्य समाजका व्यवस्थापक रामकुमार पण्डितले सम्मानित स्रष्टाहरूको  लेखनप्रवृत्तिसहित परिचय प्रस्तुत गरेका थिए।

मन्तव्यको क्रममा वेदमणि घिमिरेले साहित्य र सामाजिक रूपमा आफू भारत वा नेपाल जहाँ भए पनि आफू दुवैको प्रतिनिधि भएको जस्तो लाग्ने भनाइ व्यक्त गरे। त्यस्तै प्रमुख अतिथि प्रा. जगत् प्र उपाध्याय प्रेक्षितले सारगर्वित मन्तव्य दिँदै बुद्ध पश्चिमेलीले भनेको जस्तो एसियाको मात्र तारा नभई उनी विश्वकै तारा भएको बताए। यस कुरालाई जोडडार रूपमा उठाएर सबैले विश्वकै ताराको रूपमा स्थापित गर्नुपर्ने भनाइ व्यक्त गरे। युवा कवि रामकुमार पण्डित जस्ता साहित्यकारहरूले बुद्धको यस प्रकारको विषय कवितामा उठान गरी पाठकमाझ ल्याएकोमा प्रशंसा गरे।

शैली सामाजकाे अन्तर्राष्ट्रिय सम्मान अर्पण तथा साहित्य सिर्जना वाचन कार्यक्रममा स्रष्टा प्रेम राई परीक्षितकाे भव्य रूपमा जन्मदिन पनि मनाइएकाे थियो।

सभाध्यक्ष मञ्जुश्री प्रधान केसीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै नव वर्ष र बुद्ध जयन्तीको सबैलाई शुभकामना दिई कार्यक्रम समापन गरेकी थिइन्। 

प्रकाशित: २३ वैशाख २०८२ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App