१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

कुमा सागर एण्ड ख्वप ब्यान्डको ऐतिहासिक अष्ट्रेलिया टुर सम्पन्न

गायक कुमा सागर एण्ड ख्वप ब्यान्डको अष्ट्रेलिया सांगीतिक टुर भव्य रूपमा सम्पन्न भएको छ। सिड्नीको वाइएनवाइ इभेन्ट्सले आयोजना गरेको ‘हावाको लहरसँगै अष्ट्रेलिया टुर २०२५’ २४ मार्च २०२५ मा सिड्नीबाट सुरु भई ब्रिसबेन, क्यानबेरा, होबार्ट, पर्थ हुँदै १४ अप्रिल २०२५ मा मेलबर्नमा अन्तिम प्रस्तुति भएको थियो। 

कुमा सागरले सिड्नीको न्यू टाउनस्थित ऐतिहासिक एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक बनेका छन्। वाइएनवाइ इभेन्ट्सकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले यो कार्यक्रमलाई ऐतिहासिक र सिड्नीमा नेपाली कलाकारको उत्कृष्ट तीन प्रस्तुतिमध्ये एक भएको बताइन्। 

त्यस्तै, कुमा सागरले न्यू साउथ वेल्स सरकारद्वारा सञ्चालित ‘आर्ट्स ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिङ गरेर नेपाली गीत–सङ्गीतलाई अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा समेट्ने पहिलो नेपाली गायक बनेका छन्।

प्रकाशित: २१ वैशाख २०८२ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App