१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

स्रष्टा डा. डीआर उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ। भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उनलाई विद्यावारिधि प्रदान गरेको हो।

 डा. उपाध्यालाई साहित्य (डी लिट) मा उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो। समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका छन्। यो उनको आठौं मानार्थ विद्यावारिधि हो। डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्वविद्यालयले यसअघि सात मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन्।

डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो।

डा. उपाध्यायले गीतसंगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन्। यस्तै उनका एक दर्जन बढी उपन्यास, तीन गीतिपुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन्। दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन्। उनको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा छ।

प्रकाशित: २० वैशाख २०८२ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App