१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘रावासावा पुरस्कार तथा सम्मान’ काे घाेषणा

‘रावासावा प्राज्ञिक समाज, नेपाल’ ले ‘रावासावा पुरस्कार तथा सम्मान-२०८२’ काे घाेषणा गरेकाे छ।

जुम मार्फत सम्पन्न पत्रकार सम्मेलनबाट उक्त कुराकाे घाेषणा गरिएकाे हाे।

‘रावासावा प्राज्ञिक समाज, नेपाल’ ले बबिता बस्नेत, तेजबहादुर राई, देवराज कटुवाल र गंगा राई ‘कान्छी’ लाई ‘रावासावा सम्मान’ अर्पिने भएकाे छ।

त्यस्तै टीका चाम्लिङलाई ‘रावासावा कमलाभक्त कला पुरस्कार’ र गाेकुल परियारलाई ‘रावासावा कमलाभक्त साहित्य पुरस्कार’ अर्पिने निर्णय गरेकाे छ।

सम्मान घाेषित चार व्यक्तित्वलाई सम्मानपत्र तथा दाेसल्लाकाे साथ सम्मान अर्पिने भएकाे छ।

‘रावासावा पुरस्कार’ पुरस्कारबाट चाम्लिङ र परियारलाई जनही २५ हजार रूपैयाँ नगद राशिकाे साथ पुरस्कार अर्पिने भएकाे छ।

प्रकाशित: २० वैशाख २०८२ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App