१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

चलचित्र 'ऐश्वर्य' पछि 'महाराजधिराज' मा देखिँदै रमेश उप्रेती

चलचित्र 'महाराजधिराज' मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् ।

रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन् । चलचित्र 'ऐश्वर्य' पछि उनी पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् । यसबिचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका छन् ।

'महाराजधिराज' लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।

सिनेमा 'महाराजधिराज' को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ ।

पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो । जहाँ उनी एउटामा न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए।

सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा 'प्रेमगञ्ज' समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

'महाराजधिराज' का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि 'बुलाकी' निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

प्रकाशित: १७ वैशाख २०८२ १८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App