९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

सुरक्षाको विचारमा हृदयेन्द्रको जवाफ: सबैले एक अर्काको विचारमा सम्मान गर्नुपर्छ

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ भनी लेखेका हुन् ।

उनले लेखेका छन्,'कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ ।'

उनले अगाडि लेखेका छन्, 'दयालुता फैलाऔँ । नेपालीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न ।'

प्रकाशित: १७ वैशाख २०८२ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App