प्राध्यापक कृष्ण गौतमकाे ‘रानीहार’ निबन्धसङ्ग्रह प्रकाशन भएको छ। शिखा बुक्सले प्रकाशन गरेको उक्त निबन्धसंग्रहमा ४० निबन्ध सङ्ग्रहीत छन्।
निबन्धबारे समीक्षक/ पत्रकार राजकुमार बानियाँ लेख्छन्, ‘प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन्। नेपाली साहित्यमा उत्तरआधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरूक भएर। गौतमका हरेक सिर्जनामा समाजका बहुल विचार भेटिन्छन्, अन्तर्विधात्मकता र कलात्मकताको बेजोड हातेमालो हुन्छ। रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति हो। यसले विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको छ। भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ। यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमाको उचाइ जगमगाएको छ। प्रस्तुत कृति निबन्धको जामा दिइने यात्रा, नियात्रा, समीक्षा, संस्मरण, टिप्पणी, लेख, रिपोर्ताज आदि चलनचल्तीका लेखनबाट सम्पूर्णतः अलग्गिएको छ। तर, ती विधाका तरल स्वरूप भने यसमा पनि उत्तिकै सलबलाइरहेका देखिन्छन्।’
‘रानीहार’ निबन्धसङ्ग्रहको पृष्ठ संख्या ३४० र मूल्य ६७५ रूपैयाँ छ। यसअघि गौतमकाे अद्वैत उपन्यासले २०८० को पद्मश्री साहित्य पुरस्कार र कविडाँडा आख्यान पुरस्कार पाएकाे थियाे।
प्रकाशित: १७ वैशाख २०८२ १३:२० बुधबार





