१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘तमै फूलिमा’ को भिडियो सार्वजनिक

मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तमै फूलिमा’ को भिडियो सार्वजनिक भएको छ। मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ/ माष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो।

राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जीसीलाई फिचरिङ गरिएको छ। महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ। गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

गीतमा शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संगम छ। प्रेमिल गीतका शब्द जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ।

गीतकार तथा निर्देशक मिराज भन्छन्, ‘सबै टिमले मिहिनेत गरेर उत्कृष्ट सिर्जना श्रोता/ दर्शकमाझ पस्किएका छौं। आशा छ सबैले मन पराइदिनुहुने छ,’ 

प्रकाशित: १७ वैशाख २०८२ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App