४ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ को नोमिनेसन सार्वजनिक

मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना हुने भएको छ। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो।

आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेका लिस्टहरू समेत सार्वजनिक गरेको छ। फेस्टिभलमा एक्सन विधामा फिल्म ‘पिताम्बर’ बाट ३ जना नोमिनेसनमा परेका छन्। यसै फिल्मबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्स अनुपविक्रम शाही र बेस्ट निर्देशक कृषा चौलागाई नोमिनेसनमा परेका छन्।

त्यस्तै ड्रामा विधा मार्फत फिल्म ‘तेल भिसा’ बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन्। ‘रंगी’ बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन्।  यसै फिल्म मार्फत ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेसनमा परेको छ।

फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्। आयोजक युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ।

युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाईले फेस्टिभलबारे जानकारी दिंदै भने, ‘नेपाली फिल्मको बजार अझ बिस्तार गर्न यो फेस्टिभलको आयोजना गरिएको हो। यसले नेपाली फिल्म अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन सघाउने विश्वास हाम्रो टिमले लिएको छ।’

उनले थपे, ‘नेपाली फिल्मलाई जापान जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानका साथ पुर्‍याउन पाउनु हाम्रो गौरव हो। यो सुरुवात मात्र हो। हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौं। नेपाली फिल्मप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौं।’

उनको अनुसार यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली फिल्मलाई अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएको छ। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ) नागोयामा गरिने छ।

प्रकाशित: १७ वैशाख २०८२ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App