‘सुसेली साहित्यिक प्रतिष्ठान’ काे अध्यक्षमा स्रष्टा रामराजा केसी निर्विराेध चयन भएका छन्।
स्रष्टा रामराजा केसीकाे अध्यक्षतामा भएकाे सुसेली साहित्यिक प्रतिष्ठानकाे उपाध्यक्ष रजनी खत्री, सचिव कृष्णकुमार श्रेष्ठ, सहसचिव सुसान्त केसी र कोषाध्यक्ष चन्द्रलाल तामाङ रहेका छन्।
त्यस्तै सदस्यहरूमा सविता केसी, सरिता बलामी, रमेश बलामी, अप्सरा भुर्तेल, किरण नेपाली, नविनराज पाण्डे रहेका छन्। नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ।
निर्वाचन समितिका संयोजक बद्री कार्कीकाे संयाेजकत्वमा राजकुमार केसी, मीनबहादुर श्रेष्ठ लगायत तीन सदस्य समिति गठन गरिएको थियो। कार्यसमिति बैठकबाट कार्यसमिति विघटन र निर्वाचन समिति गठन गरिएको थियो।
प्रकाशित: १५ वैशाख २०८२ १०:१२ सोमबार





