२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

सुनकोसीले गर्‍याे ठमेल काव्योत्सव

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ। ठमेलमा आयोजित काव्योत्सवमा अग्रजदेखि अनुजसम्मका कविहरूले आआफ्नो रचना वाचन गरेका छन्।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सञ्चालित उक्त काव्योत्सवमा तीन दर्जन कविले आआफ्नो रचना सुनाए।

काव्योत्सव ठमेल चिस्वहालमा सम्पन्न भएको हो। काव्योत्सवको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी विशिष्ठ अतिथिहरू काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारी, राजेन्द्र शलभ र मच्छेश्वर सापकोटाले संयुक्त रूपमा गरेका थिए।

चिस्वहाल परिवार, ठमेलको सहआयोजनामा सम्पन्न उक्त काव्योत्सवमा काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीले भने, ‘कविहरूको कलम नकारात्मक कुराको विरुद्ध समाजलाई व्यवस्थित गर्न टेवा गर्नेतर्फ चलोस्। सहकार्यको निम्ति हर्दम तयार छु।’

कार्यक्रमका विशिष्ठ अतिथि कवि, निर्देशक एवं गीतकार राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद दिए।

यसैगरी कार्यक्रमका अर्का विशिष्ठ अतिथि एवं वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै हामीले विकृति र विसंगतिविरुद्ध दर्विलो आवाज उठाउन जरुरी भएको बताए।

अर्का अतिथि स्नेह सायमीले चिस्वहालबारे आफ्ना कुरा राख्दै कविता सुनाए।

यसैगरी वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले सुनकोसी वाङ्मय प्रतिष्ठानले स्थापनाको सुरुमै धेरै साहित्यिक गतिविधि सञ्चालन गरेकोमा खुशी व्यक्त गरे।

उक्त काव्य वाचनमा श्रीबाबु कार्की, डा. अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियशरत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, दिपक चौलागाई, सुषमा आचार्यु अंशु, शशीश्री आचार्य, रुपा रिसाल, ध्रुव थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी ‘कादम्बरी’, गंगा थापा अधिकारी, मिनकुमार नवाेदित, पूर्णबहादुर श्रेष्ठ ह्रदयंकृत, विष्णु थापा, गोविन्दराज पौडेल लगायत तीन दर्जन कविले आआफ्नो कविता सुनाएका थिए।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वाङ्मयका उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: ६ वैशाख २०८२ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App