३० चैत्र २०८१ शनिबार
image/svg+xml १७:५३ अपराह्न
कला/संस्कृति

‘स्तूप र चैत्य’ पुनः प्रकाशन

लेखक सुमति वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबिच पुस्तक खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर वज्राचार्य र लेखक वज्राचार्यले संयुक्त रूपमा विमोचन गरेका थिए।

यो पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ। यो पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो। पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पुर्‍याएको योगदानको कारणले पुनः प्रकाशनको आवश्यकता महसुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले पुस्तकलाई फेरि पाठकमाझ ल्याएको हो।

नयाँ संस्करणमा पुरातात्त्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफ र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ। पुस्तकले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पुर्‍याउने विश्वास मुगुम पब्लिकेसनले लिएको छ। पुस्तकको पुनः प्रकाशनले काठमाडौंको बौद्ध सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरूको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ता, विद्यार्थी र आमपाठकलाई योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ चैत्र २०८१ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App