९ वैशाख २०८२ मंगलबार
image/svg+xml
कला/संस्कृति

एसइईको अवधिभर महोत्सवमा नजाने दुर्गेशको घोषणा

आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापालाई अहिले मेला महोत्सवमा भ्याइनभ्याइ छ। 

दुर्गेशको पछिल्लो गीत के हो तिम्रो नाम बहिनी परिचय पाम्, हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम्, कता हिँडेको हो बिजुली बालेर चर्चामा छ। मेलापातदेखि महोत्सवसम्म, दुरदराजका गाउँदेखि समुन्द्रपारका सहरसम्म, नाइट क्लबदेखि बिहेकार्जेसम्म, तोतेबोली बोल्ने बालबच्चादेखि थोते प्रौढसम्म सबैको मुखमा झुन्डिएको छ यो गीत।

यो पनि पढ्नुहोस्

दुर्गेशको बढ्यो व्यस्तता, फागुनमा मात्रै २१ दिन महोत्सवमा

यो गीतको शब्द सुन्दा अचम्म लाग्छ तर दर्शकले भने धेरै मन पराएका छन्। पछिल्लो समय यो गीत मेला महोत्सवमा पनि यो गीत धेरै बज्ने गर्दछ। सोही गीत गाएका दुर्गेशलाई अहिले मेला महोत्सवमा व्यस्तता बढेको छ।

उनै दुर्गेशले एसइईको अवधिभर महोत्सवमा नजाने घोषणा गरेका छन्। आफ्नो दर्शकहरू विद्यार्थी पनि रहेको र उनीहरूको अध्ययनलाई मध्यनजर गर्दै महोत्सवमा नजाने घोषणा गरेको उनको भनाइ छ। उनले विद्यार्थीहरूलाई परीक्षा केवल अंक ल्याउने मात्र नभएर मेहनत र इमानदारीताको परीक्षा पनि भएको बताएका छन्। 

प्रकाशित: ६ चैत्र २०८१ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App