आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापालाई अहिले मेला महोत्सवमा भ्याइनभ्याइ छ।
दुर्गेशको पछिल्लो गीत के हो तिम्रो नाम बहिनी परिचय पाम्, हिमाल जस्तै रैछौ तिमी बिहानीको घाम्, कता हिँडेको हो बिजुली बालेर चर्चामा छ। मेलापातदेखि महोत्सवसम्म, दुरदराजका गाउँदेखि समुन्द्रपारका शहरसम्म, नाइट क्लबदेखि बिहेकार्जेसम्म, तोतेबोली बोल्ने बालबच्चदेखि थोते प्रौढसम्म सबैको मुखमा झुन्डिएको छ यो गीत।
यो गीतको शब्द सुन्दा अचम्म लाग्छ तर दर्शकले भने धेरै मन पराएका छन्। पछिल्लो समय यो गीत मेला महोत्सवमा पनि यो गीत धेरै बज्ने गर्दछ। सोही गीत गाएका दुर्गेशलाई अहिले मेला महोत्सवमा व्यस्तता बढेको छ।
दुर्गेशले सामाजिक सञ्जालमा फागुन महिना भरी महोत्सवमा गएको लिस्ट नै हालेका छन्। फागुन महिनाको २१ दिन त दुर्गेश महोत्सवमा नै व्यस्त भए। फागुन ७ गते नुवाकोट महोत्सव, हेटौँडामा पुगेका दुर्गेश ८ गते लमजुङ महोत्सवमा पुगे। फागुन ९ गते सल्यान महोत्सव, १० गते इलाम महोत्सव, ११ गते नवलपुर महोत्सव, १२ गते चन्द्रनिगाहपुर रौतहटको कार्यक्रममा पुगे।
त्यस्तै फागुन १३ बेलैरी महोत्सव र सुखड महोत्सव, १४ गते गण्डौली महोत्सव, १५ गते दल्दले महोत्सव, १६ गते हेटौँडा महोत्सव र माडी महोत्सव, १७ गते अर्घाखाँची पाडिनी महोत्सव र स्याङ्जा महोत्सव,
१८ गते शुक्लागण्डकी महोत्सव, १९ गते रिमझिम महोत्सव (गाइघाट), २० गते उर्लाबारी महोत्सव, २२ गते चुलाचुली महोत्सव (बुढानीलकण्ठ) २४ गते चारआलि महोत्सव २५ गते नरेश भट्टराई सो, २६ लालबन्दी महोत्सव, २७ गते इनरुवा, २८गते सञ्जय देवकोटा वैवाहिक समारोह र २९ चितवन नारायणीतिर कन्सर्टमा सहभागी भएको दुर्गेशले लेखेका छन्।
त्योसँगै चैत्र १ गते पाँचथर गोल्डकप २०८१ र २ गते मनहरी महोत्सवमा उनी सहभागी भएको बताएका छन्।
प्रकाशित: ५ चैत्र २०८१ १४:१३ मंगलबार





