२४ मंसिर २०८२ बुधबार
image/svg+xml
कला/संस्कृति

अस्मिता अधिकारी र महेश काफ्लेले कसे लगनगाँठो

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । केही समयदेखिको प्रेम सम्वन्धलाई उनीहरुले विवाहको रुप दिएका हुन् ।

अहिले राजधानीको कार्की ब्यांक्वेटमा वैवाहिक समारोह चलिरहेको छ। विवाहमा दुवै पक्षका आफन्त, साथीभाइ र संगीत क्षेत्रका केही व्यक्तिहरु सहभागी छन् ।

केही दिनदेखि हल्दी मेहेन्दी समारोह चलिरहेको थियो । उनीहरु हल्दी मेहेन्दी समारोहमा रमाइरहेका भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ।

गत असारमा उनीहरुले दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’मा इन्गेजमेन्ट गरेका थिए । यी दुईले केही गीतमा सहकार्य समेत गरेका छन् । कतिपय कन्सर्टमा एकसाथ प्रस्तुति पनि दिएका छन् ।

अस्मिता र महेश अहिले रुचाइएका संगीतकर्मीमध्ये पर्छन् ।

प्रकाशित: २२ फाल्गुन २०८१ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App