३ चैत्र २०८१ आइतबार
image/svg+xml १:३३ पूर्वाह्न
कला/संस्कृति

सुरभिमा उपन्यासकार रामचन्द्र दाहालकाे ‘अवसाद’ लोकार्पण

‘सुरभि साहित्य प्रतिष्ठान’ ले उपन्यासकार रामचन्द्र दाहालकाे ‘अवसाद’ उपन्यासको लोकार्पण गरेकाे छ। बाजुराम पौडेलको अध्यक्षता तथा हास्यव्यङ्ग्यकार नगेन्द्रराज पौडेलकाे प्रमुख आतिथ्यमा कृतिकाे लाेकार्पण भएकाे हाे।

कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि, सुरभिका संरक्षक युवराज मैनाली, समीक्षक गोपी मैनाली, रामबहादुर पहाडी, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साहित्यकार विपिन देव र अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।

समीक्षक गोपीकृष्ण मैनालीले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। रामचन्द्र दाहाललाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा उपन्यासकार दाहालले उपन्यास लेख्ने क्रममा आइपरेका विविध कुरा प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यपछि लगत्तै कथा वाचन भएको थियो। कार्यक्रममा सुशील आचार्य, रञ्जना पराजुली लम्साल, गीता बराल, सरिता दुलाल घिमिरे, मधुसूदनप्रसाद घिमिरे, आलोक चालिसे र अच्युत चालिसेले कथा र लघुकथा वाचन गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०८१ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App