गीतकार चन्द्र जयपाल राईकाे ‘रित्तो जन्में’ गीत सार्वजनिक भएकाे छ। ‘रित्तो जन्में रित्तो जान्छु’ उनकाे रेकर्ड भएकाे तेस्राे गीत हाे।
विक्रम राईकाे संगीत, सागर संसार राईकाे एरेन्ज, किशाेर थापाकाे मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेकाे उनकाे ‘रित्तो जन्में’ गीतलाई लाेकप्रिय गायक राजेशपायल राईले प्राण भरेका छन्।
उनले रित्ताे जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत मायाप्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन्।
‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएकाे उनकाे गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हाे।
यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष ) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएकाे छ।

सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन्।
प्रकाशित: २८ माघ २०८१ ११:४१ सोमबार