१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
कला

कवि कविन्द्र १० लाख प्रेम कविता छाप्ने अभियानमा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौला दश लाख प्रेम कविता छाप्ने अभियानमा लागेका छन्।

कवि सिटाैला आफ्नाे अभियान पूरा गर्न विश्व कविता यात्रामा लागेका छन्। उनले साक्षात्कार एवं भेटघाट कार्यक्रम उक्त कुराकाे जानकारी दिएका हुन्।

कविले विश्वमा अशान्ति बढिरहेकाे बेला विश्व शान्ति, मानवता र सहृदयताकाे भाव जगाउन उक्त अभियानमा लागेकाे बताए। ‘मेराे देश प्रेमकाे देश’ सन्देशका प्रेम कविताहरू संकलन गरेर विश्वकै विशाल कविताग्रन्थ तयारीमा लागेका पनि उनले बताए।

ग्रन्थका लागि कवि आफैंले ७ लाख र इमेलबाट ३ लाख कविता संकलन गर्ने योजना रहेकाे र ग्रन्थका लागि २ हजार २ सय रिम कागज प्रयोग हुने र त्यसको तौल ४५ क्विन्टल हुने अनुमान गरेकाे उनले बताए।

अभियानकर्ता सिटाैलाले प्रेम के हो? प्रेम कहाँ हुन्छ? कसरी हुन्छ? भन्ने विषयमा केन्द्रित भएर लेखिएका १० लाख कविको कविता छाप्न सयभन्दा बढी देशमा घुमेर कविता संकलन गर्ने र उक्त पुस्तक तेह्रथुममा लाेकार्पण गरिने जानकारी दिए।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ट राेदनले कवि तुलसी दिवसले विश्व कविता यात्रा गरेकाे सम्झिंदै कवि सिटाैलाकाे अभियान अहिलेसम्मकाे बृहत् अभियान भएकाे बताए। उनले द्वन्द्वलाई प्रेमले बाँध्न सिटाैलाकाे अभियान ऐतिहासिक भएकाे बताए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षता र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकालीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा निर्मल रमण पराजुलीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित: २४ माघ २०८१ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App