१८ फाल्गुन २०८१ आइतबार
image/svg+xml २२:१३ अपराह्न
कला

'नेपाल-भारत रंग महोत्सव' काठमाडौंमा हुने

नेपाल-भारत रंग महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरेर यो जानकारी गराएको हो। महोत्सव माघ २३ देखि ३० सम्म हुने बताइएको छ। 

राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा महोत्सव राष्ट्रिय नाचघरमा हुन लागेको प्रतिष्ठानकी कूलपति निशा शर्माले जानकारी दिइन्। महोत्सवमा नेपाल र भारतका ६ नाटक मञ्चन हुने जनाइएको छ।

नेपालका तीन र भारतका तीन नाटक मञ्चन हुनेछन्। यसअघि महोत्सव भारतमा हुँदै आएको थियो। भारत र नेपालको सहकार्यमा पहिलोपटक नेपालमा महोत्सव हुन लागेको हो।

महोत्सवमा माघ २३ गते सीके लालको लेखन र सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ। माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोजक गुरागाईँको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परिकथा मात्र होइन’ प्रदर्शन हुनेछ।

माघ २८ गते विजयदन देथाको लेखन तथा अजयकुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चितरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहलका टेन्डर’ प्रदर्शन हुने उल्लेख छ।

प्रकाशित: १८ माघ २०८१ २१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App