५ माघ २०८२ सोमबार
image/svg+xml
कला

गायिका रचनाले सार्वजनिक गरिन् आफ्नो ब्राण्ड लोगो

गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्।

रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन्।

सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ।

उनले आफ्ना शुभचिन्तकको माया र आशिर्वादका लागि पनि धन्यवाद दिएकी छिन्।

कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ। सोहि अभ्यासलाई रचनाले पनि पछ्याएकी छिन्। 

प्रकाशित: १७ माघ २०८१ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App