१२ माघ २०८१ शनिबार
image/svg+xml
कला

अभिनेत्री ममता कुलकर्णी महामण्डलेश्वर बनिन्

बलिउड अभिनेत्री ममता कुलकर्णीलाई किन्नर अखडाले महामण्डलेश्वर बनाएको छ। उनले संगममा पिण्ड दान गरेकी छन्। अब उनलाई "ममता नन्द गिरी" भनिनेछ। उनको पट्टाभिषेक बाँकी छ।

महाकुम्भमा शुक्रबार उनले आचार्य लक्ष्मीनारायण त्रिपाठीसँग छलफल गरिन्, आशीर्वाद लिइन्। त्यसपछि अखिल भारतीय अखडाका अध्यक्ष रविन्द्र पुरीसँग भेट गरेपछि उनको महामण्डलेश्वर बन्ने प्रक्रिया सुरु भयो।

ममता कुलकर्णीले धर्मबारे धारणा राखिन् र महाकुम्भको अनुभवलाई यादगार क्षण बताइन्। उनको साध्वी रूपमा देखिएको थियो, केशरमा रङ्गिएकी थिइन् र रुद्राक्ष मोती लगाएकी थिइन्।

उनले शाहरुख खान, सलमान खान जस्ता स्टारसँग काम गरेकी थिइन्। सन् १९९३ मा विवादास्पद फोटोसुट गरेकी थिइन्। 'चाइना गेट' फिल्ममा काम गर्दा उनलाई निकाल्ने कोसिस भयो, तर अन्डरवर्ल्डको दबाबले फिल्ममा राखियो, जुन फ्लप भयो। उनले निर्देशकमाथि यौन उत्पीडनको आरोप पनि लगाइन्।

सन् २००२ मा ड्रग माफिया विक्की गोस्वामीसँग विवाह गरिन्। २०१६ मा तस्करी मुद्दामा पक्राउ परिन्, जसलाई उनले षड्यन्त्र भनेकी थिइन्। 

प्रकाशित: ११ माघ २०८१ १८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App