२७ पुस २०८१ शनिबार
image/svg+xml
कला

अधुरै रहे तिम्रा मेरा प्रेम कहानीहरू!

मुक्तक

१) मुक्तक

इतिहासमा कुनै एउटा मीठो पल थियो,

यो मनमा मायालुको प्यारको बल थियो।

त्यसैले त हजार दुख गर्न तयार थिएँ म,

जति कष्ट भए पनि समस्याको हल थियो।

२) मुक्तक

टुक्राटुक्री पिरतीका सजाएर हेरे,

थोपाथोपा रगतका बगाएर हेरे।

नसानसामा तिम्रो प्रेम बगिरहन्छ, 

मुटुमा मायाको घर बनाएर हेरे।

३) मुक्तक

न त तिमीले देख्यौ न त मैले नै देखें,

न तिमीले भेट्यौं न त मैले नै भेटें।

अधुरै रहे तिम्रा मेरा प्रेम कहानीहरू, 

न त तिमीले लेख्यौ न त मैले नै लेखे।

४) मुक्तक

के संघर्ष गर्यौ तिमीले पाएका कुरा पाउनलाई,

कति हिम्मत राख्यौ तिम्ले दुस्खको गीत गाउनलाई।

दुखसुख जिन्दगीको दुई पाटा हुन् भन्छन्,

कुन कुरा अघि सार्यौ कर्मसँग प्रीति लाउनलाई।

५) मुक्तक

नराम्रो त्यो दिनलाई राम्रो दिनले चिर्नै पर्छ,

अँध्यारो रात हटाउन उज्यालो त छिर्नै पर्छ।

रातले दिनलाई दिनले रातलाई कुरिरहेकै हुन्छन्,

राम्रो होस् वा नराम्रो गुणै गुणले तिर्नै पर्छ।

प्रकाशित: २७ पुस २०८१ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App