२६ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

फिल्म 'कार्साङ' को अग्रिम बुकिङ खुला

पुस २६ गते रिलिज हुने चलचित्र 'कार्साङ'को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले 'कार्साङ' को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।

देशभरका हलहरूले सुखद शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेसनमा पनि 'कार्साङ' लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । 'कार्साङ' ले पाएको शो राम्रो हो ।  वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो ।

यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीन वटा आउटलेटमा १५ शो दिएको छ ।

त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६/६ शो उपलब्ध गराएका छन्।  बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

चलचित्र 'कार्साङ' मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । 'कार्साङ' ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।

२ घन्टा ५ मिनेटको 'कार्साङ' ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।

प्रकाशित: २४ पुस २०८१ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App