२ माघ २०८१ बुधबार
image/svg+xml
कला

कथाकार घिमिरेकाे ‘स्वप्निल बिपनाहरू’ बजारमा

कथाकार नीला घिमिरेकाे ‘स्वप्निल बिपनाहरू’ कथासंग्रह बजारमा आएकाे छ। बलेँसी साहित्य समाज नेपालले पहिलाे शृखलाकाे रूपमा उक्त कृति प्रकाशनमा ल्याएकाे हाे।

बलेँसी साहित्य समाज नेपालका  संरक्षक एवं संस्थापक केशवप्रसाद पौडेलले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न लुकेका प्रतिभाहरू उजागर गर्ने र कृति प्रकाशन गर्ने क्रममा कथाकार घिमिरेको ‘स्वप्निल बिपनाहरू’ कथासंग्रहबाट प्रकाशनको ढोका खोलेकाे बताएका छन्।

कथासंग्रहमा चिन्तामा हजुरबुवा, जुवाइँको सत्कार, वृद्धाको हुँकार, घुँगौरी, खेत र बाढी, एक कित्ता खेत र ब्यानर, अन्योल आँखाहरू, नियति, अपहेलना, गैरवाली, गिटी र सपना, फुलबरिया र संकल्प शीर्षकका तेह्र कथा संगृहीत छन्।

डा. शेखरकुमार श्रेष्ठका ‘नीला घिमिरे र स्वप्निल बिपनाहरू’,  वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल ‘कथाकार नीला घिमिरेको कथाको नीलो आकाश र हरियो धर्ती’ र बलेँसी साहित्य समाज नेपाल अध्यक्ष प्रेमप्रसाद पौडेलकाे प्रकाशकीयले कृतिलाइ ओजिलाे बनाएकाे छ।

सरोज बलामीकाे सुन्दर आवरण र एपेक्स प्रिन्टिङ प्रेस प्रालि मुद्रक रहेकाे कृतिकाे मूल्य २ सय रूपैया रहेकाे छ। यसअघि घिमिरेका अन्य कृति पनि प्रकाशनमा आएकाे थियाे।

प्रकाशित: २१ पुस २०८१ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App