२ माघ २०८१ बुधबार
image/svg+xml
कला

नियात्राविद् ढकालकाे ‘गण्डकीको मुहानतिर’ बजारमा

नियात्राविद् प्रतीक ढकालकाे ‘गण्डकीकाे मुहानतिर’ नियात्रासंग्रहकाे दाेस्राे संस्करण बजारमा आएकाे छ।

विक्रम सम्वत् २०६८ सालमा प्रकाशित ‘गण्डकीकाे मुहानतिर’ नियात्रासंग्रह केही समयदेखि बजारमा सकिएकाे थियाे। पेज टर्नरले दाेस्राे संस्करणकाे रूपमा उक्त कृति बजारमा ल्याएकाे हाे।

‘गण्डकीकाे मुहानतिर’ ले पाठकलाई जैविक विविधताले भरिएकाे मनास्लु क्षेत्रको भ्रमण गराउँदै मानसिरी हिमश्रृङ्खलामा पर्ने संसारको आठौं अग्लो शिखर मनास्लु (९८१६३ उचाइ ) को आधारशिविरसम्म पुर्‍याउनेछ।

नियात्राविद् ढकाल नियात्रा समाज नेपालका अध्यक्ष हुन्। नियात्रा विधाकाे विधागत उन्नयनमा उनकाे उल्लेखनीय याेगदान छ। नेपाली भाषा र समाज सेवामा समर्पित नियात्राकार ढकालले हिमाली क्षेत्र केन्द्रित नियात्रा लेखनमा लाेकप्रियता कमाएका छन्।

वियाेण्ड द हिमालयज (२०५९), हिमालपारि पुगेपछि (२०६१), सेती पनि काली पनि (२०६३), सगरमाथाको आधार शिविरबाट (२०६४), पाइतालाका छापहरू (२०६६), चीनको विचित्र चित्र (२०६६), गण्डकीको मुहानतिर (२०६८), परिक्रमा अन्नपूर्ण (२०६९), आनन्दभूमिको आँगन (२०७०), त्यो उज्यालो कर्णाली (२०७८), हाम्रै राम्रा हिमाल (२०८०, बालपद्य), उज्यालो कर्णाली (२०७८) जस्ता  उनका दर्जनाैं कृति प्रकाशित छन्।

प्रकाशित: २० पुस २०८१ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App