२ माघ २०८१ बुधबार
image/svg+xml
कला

काव्य क्षमता बढाउन ‘समता स्कुल इष्टर्न- कन्सोर्टिजम ४’ सम्पन्न

‘साहित्यको संसारमा प्रेरणाको दियो’ भन्ने मूल नाराका साथ समता स्कुल इष्टर्न कन्सोर्टिजम-अध्याय ४ सिरहाको लाहानमा भएको छ।

समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने अभिप्रायले उक्त कार्यक्रमको आयोजना गरेको हो।

कन्सोर्टियमका संयोजक एवं समता स्कुलका साहित्य दुत वरिष्ठ कवि विमल वैद्य, कवि निमेष निखिल, समता स्कुलका संयोजक सन्देश श्रेष्ठ लगायतको उपस्थिति रहेको रहेकाे थियाे।

समता स्कुल लाहानका प्रिन्सिपल कमल तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कविहरू - नानुमैया दाहाल, जीवन आरोही, रोयाण्टर मण्डल, अर्जुनप्रसाद गुप्ता दर्दिला, सुमन घिमिरे अग्रिम लगायतले अतिथl कविका रूपमा कविता वाचन गरेका थिए।

कार्यक्रमको अौचित्यबारे वरिष्ठ कवि विमल वैद्यले प्रष्ट्याएका थिए। उनले समता स्कुलका विद्यार्थीहरूमा भाषा, कला, संस्कृति र साहित्य सम्बन्धी ज्ञानको दायरा फराकिलो बनाउन  स्कुलले यस लिटरेचर फेस्टिबलको आयोजना गरेको बताए।

कवि निमेष निखिलले साहित्य र विद्यार्थीको सम्बन्धको सम्बन्धमा प्रकाश पारेका थिए। उनले साहित्यले आलोचनात्मक चेतसहितको फराकिलो दृष्टिकोणको विकास गराउने भएकाले विद्यार्थीलाई साहित्यबाट निरपेक्ष राख्न नसकिने बताए।

कार्यक्रममा समता स्कुलका विद्यार्थीहरूले पनि गायन, नृत्य तथा अन्य कलात्मक प्रस्तुतिहरू पस्किएका थिए। 

प्रकाशित: २० पुस २०८१ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App