२ माघ २०८१ बुधबार
image/svg+xml
कला

कवि हरि कट्टेलको नवौं कृति ‘दीप्तदृष्टि’ लाेकार्पण

कवि हरि कट्टेलको नवौं कृति ‘दीप्तदृष्टि’ एक भव्य समारोहका बीच विराटनगरमा लोकार्पण भएको छ। उक्त कृतिको लोकार्पण लोकार्पण समारोहका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङ, विशिष्ट अतिथिहरू प्राज्ञ एनपि आचार्य, प्राज्ञ खेम नेपाली, साहित्यकार सरला चापागाईं, बलराम पोखरेल, महाकाव्यकार सोमराज अभय प्राडा इतिहासविद् गणेश क्षेत्री लगायतले गरेका थिए।

कृतिमाथि प्राडा रमेश घिमिरे एवम प्राडा हरिहर भण्डारीले समीक्षा गरेका थिए। कृतिबारे बोल्दै प्राडा रमेश घिमिरेले ‘दीप्तदृष्टि’ पढेपछि आफूले हरि कट्टेललाई शास्त्रीय छन्दलाई कब्जामा लिएको कविका रूपमा देखेको बताए।

उनले कृतिबारे थप चर्चा गर्दै भने, ‘शील्पका दृष्टिले, रसका दृष्टिले, कवित्व र विषयवस्तुका दृष्टिकोणले समेत कृति उदाहरणीय छ।

सदीप्तदृष्टिट कविताहरू हरेक दृष्टिले उत्कृष्ट देखिएका छन्। यो उनको निकै ठूलो छन्द साधनाको उपज हुनुपर्छ र यसले कट्टेललाई छन्दोबद्ध कविताका फाँटमा निकै उचाइमा पुर्याएको छ।’

अर्का विश्लेषक हरिहर भण्डारीले  छन्दोबद्ध कविताका क्षेत्रमा हरि कट्टेललाई र उनको दीप्तदृष्टि’ सङ्ग्रहलाई  खोजेर पढ्नुपर्ने दिन आएको बताए। संस्थाका अध्यक्ष कृष्ण भन्डारी मार्सेलीको अध्यक्षता भएको कार्यक्रममा पोखरा, इलाम, झापा, सुनसरी, थनकुटा र मोरङका विशिष्ट साहित्यकारहरूको उपस्थिति थियो।

कार्यक्रममा कवि चिरञ्जीवी काफ्ले, बालकवि प्रज्ञा कट्टेल लगायतको साङ्गितिक कविता गायनले कार्यक्रममा थप रौनक छाएको थियो। नेपाल स्रष्टा समाज काठमाडाैंबाट प्रकाशित उक्त कृति नेपाल स्रष्टा समाज कोशी प्रदेशले एक समारोह गरी आज सार्वजनिक गरेको हो। 

प्रकाशित: १७ पुस २०८१ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App