३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

निर्देशक समाजले सञ्चालनमा ल्यायो ‘हेल्प डेस्क’

नेपाली फिल्म निर्माण तथा प्रदर्शनका क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि नेपाल चलचित्र निर्देशक समाजले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।

बुधबार नेपाल निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले फिल्म निर्माण तथा प्रदर्शनका क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्शका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको जानकारी दिए।

‘नयाँ निर्माता तथा निर्देशकले फिल्म निर्माणका क्रममा धेरै कुरा थाहा नपाएको र काम गर्दै जाँदा धेरै समस्या आउने गरेको गुनासो आएकाले हामीले नयाँ फिल्म निर्माता एवं निर्देशकका लागि आवश्यक परामर्श तथा सेवाका हेल्प डेस्क सञ्चालनमा ल्याएका हौं’, समाजका अध्यक्ष पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बिदाको दिनबाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर  निःशुल्क फिल्म निर्माण परामर्श तथा सेवा लिन सकिने समाजका अध्यक्ष पराजुलीले बताए।

‘निर्देशक समाजले नयाँ फिल्म निर्माता तथा निर्देशकका लागि आवश्यक परामर्श तथा सेवा दिनका लागि निःशुल्क हेल्प डेस्क स्थापना गरिएको हो’, समाजका अध्यक्ष पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बिदाका दिनबाहेक अन्य दिन कार्यालय समयमा निर्देशक समाजको कार्यालयमा सम्पर्क गरेर निःशुल्क फिल्म निर्माण परामर्श तथा सेवा लिन सक्नु हुनेछ।’

प्रकाशित: ११ पुस २०८१ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App