३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

कथाकार भट्टराईको ‘दृश्य प्रलेख’लोकार्पण

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथासङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण भएकाे छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, लेखक तथा प्रज्ञा अमर न्यौपाने, लेखक तथा प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, लेखक तथा समालोचक सुमन वर्षा र लेखक/प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

समीक्षक सुमन वर्षाले कथासङ्ग्रहमा महिला पात्रलाई सशक्त र अधिकार सम्पन्न रूपमा प्रस्तुत भएको प्रत्येक कथाहरूले पाठकलाई नयाँपन दिने बताए।

समीक्षक राजकुमार बानियाँले प्रत्येक कथाका पात्र र प्रस्तुतिहरू नौलो रहेको, साँच्चिकै किताब पढेर पुरस्कृत हुने भए यो किताब हुनुपर्ने बताए। उनले किताब पढ्दा कुनै पनि खोट लगाउने ठाउँ नभेटेको बताए। मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले कथाहरू पढ्दा नयाँपन र रोमाञ्चित लागेको र लेखकको पहिलो सङ्ग्रह नै यति राम्रो हुनुमा लेखकको मेहनत स्पष्ट देखिएको बताए।

लेखक तथा प्रहरी नायब निरीक्षक रविन्द्र केसीले आफू कथाकारसित कथा लेखनको बेलादेखि नै सँगै रहेको र उनको कथा लेखनले प्रभाव पारेको बताए।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीभित्र पनि सिर्जनात्मक पक्ष रहेको र गोपालचन्द्र यसको उपलब्धि रहेको र उको प्रहरी सेवा र लेखन क्षेत्रमा सफलताको कामना गरे।

शिखा बुक्सद्वारा प्रकाशित उक्त कथासङ्ग्रहको मूल्य ५५५/- रुपैयाँ छ।  

प्रकाशित: ८ पुस २०८१ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App