वरिष्ठ आख्यानकार एवं गायिका पद्यमावती सिंहको जन्कु कार्यक्रम भएकाे छ। सिंहलाई एक विशेष कार्यक्रमका बीच साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, गुन्जन नारी साहित्य संस्था, नेपाल बालसाहित्य समाज, दायित्व वाङ्मय प्रतिष्ठान, नेपाली कलासाहित्य डट कम प्रतिष्ठान, उपन्यास समाज नेपाल, नेपाल साहित्य मन्दिर, सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र, शब्दपथ, जङ्गम प्रतिष्ठान नेपाल, वासु शशी स्मृति परिषद र शंकर लामिछाने प्रतिष्ठान गरी १४ संस्थाले बधाई ज्ञापन गरेकाे छ।
उनलाई बधाईपत्र, दोसल्ला, सल, माला, टीका, फूल वर्षाले विशेष सम्मान गरिएको छ। सो सम्मान साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, गुन्जन नारी साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपन्यास समाज नेपालका अध्यक्ष शङ्कर भारती, नेपाल साहित्य मन्दिरका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रकी संरक्षक डा.सावित्री श्रेष्ठ, शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, जङ्गम प्रतिष्ठान नेपालका अध्यक्ष भरत जंगम, वासु शशी स्मृति परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले गरेका थिए।
कार्यक्रममा साहित्यिक पत्रकार संघ र शंकर लामिछाने प्रतिष्ठानक अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले वरिष्ठ आख्यानकार एवं गायिका पद्यमावती सिंहको परिचय प्रस्तुत गर्दै सिंहको साहित्यिक, साङ्गीतिक र सांगठानिक योगदानको चर्चा गरेका थिए।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले सिंहलाई प्रदान गरिने बधाईपत्र वाचन गरेका थिए। कार्यक्रममा वक्ताहरूले सिंहलाई देवतुल्य भएको मन्तव्य राखेका थिए।
उक्त अवसरमा सम्मानित सिंहले शुभेच्छुक सबैप्रति आभार प्रकट गरेकी थिइन्। साथै उनले गीत गाएर कार्यक्रमकाे राैनक बढाएकी थिइन्। त्यस्तै मथुरा श्रेष्ठले शुभकामना गीत गाएकी थिइन्।
कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, साहित्यकारहरू- भागीरथी श्रेष्ठ, इल्ल्या भट्टराई, सुलोचना मानन्धर, नीता श्रेष्ठ, मन्जिला अनिल, कमला रिसाल, नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाईं, सङ्गीतकार राजु सिंह लगायतको गरिमायुक्त उपस्थिति रहेको थियो।
प्रकाशित: १ पुस २०८१ १०:४९ सोमबार