३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

धरानमा योमरी महोत्सव हुँदै

नेवाः देय दबुले आगामी शनिबारदेखि तीन दिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ।

दबुले पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो। पाँचाैं संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए।

नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ।

प्रकाशित: २७ मंसिर २०८१ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App