३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

करबाकेली भजन सार्वजनिक

पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा गाइएका दुई भजन सार्वजनिक गरिएको छ। पुन समाज नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘करबाकेली बाबा, तिम्रै शरणमा छौं’ र ‘करबाकेली बाबाको आशीर्वाद’ शीर्षक भजन गीत सार्वजनिक गरिएको हो।

जी. पुन, बबिता पाख्रिन र दीपा तामाङको स्वरमा सजिएका भजनका सङ्गीतकार पनि जी. पुन नै हुन्। गीतकार भने चिनबहादुर पुन र राधा पुन हुन्। भजनको म्यूजिक भिडियो पनि बनाइएको छ। काफलडाँडामा छायाङ्कन गरिएको भिडियोका निर्देशक पनि जी. पुन नै हुन्।

दुवै भजनको संयोजन समाजसेवी चामबहादुर पुनले गरेका हुन्। भजन सार्वजनिक कार्यक्रममा समाजका उपाध्यक्ष राजु पनु, समाजसेवी चामबहादुर, गायक जी. पुन, साहित्यकार प्रभा बराल, पत्रकार अमृत भादगाउँले लगायतले सम्बोधन गरेका थिए।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ काफलडाँडामा करबाकेली बाबाको भव्य थान छ। थानमा करबाकेली बाबा, हिमला, फिमला, रामचन र कुलचनका पूर्ण कदका मूर्ति छन्।

समाजसेवी चामबहादुरको अगुवाइमा करबाकेली थान, पुन समुदाय संग्रहालय, सामुदायिक पाहुनाघर निर्माणका साथै करबाकेली इको ट्रेक ब्रान्डिङ गरिएको छ। त्यसैले करबाकेली क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भैसकेको छ। 

प्रकाशित: २७ मंसिर २०८१ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App