२ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

प्रतिष्ठानको डबलीमा संस्कृति मन्त्री पाण्डे र प्राज्ञबीचको विमर्श

नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ हो।

लेखक र पुस्तकप्रति अभिरुचि राख्ने निम्तालु उपस्थित हुन्थे पुस्तकको समीक्षा हुन्थ्यो तर आइतबार दिउँसो त्यहाँ अलिक फरक विमर्श चल्यो, विमर्श पुस्तकसँग सम्बन्धित थिएन नेपाल प्राज्ञ प्रतिष्ठानलाई कसरी व्यबस्थित र स्तरीय बनाउने भन्नेमा।

विमर्शमा सहभागी थिए प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्री पाण्डे, कुलपति भूपाल राई र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कर्मचारी। छलफलको चुरो कुरा थियो भाषा, संस्कृति, समाज शास्त्र र दर्शन शास्त्रको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने गराउने। यस्तो  महत्त्वपूर्ण दायित्व बोकेको प्रतिष्ठानलाई कसरी साँच्चिकै प्राज्ञिक केन्द्र बनाउने भन्ने नै सबैको चिन्ता थियो।

आकाश धुम्बिएकाले घाम पारिलो थिएन तर पनि खुला डबलीमा मन्त्री र प्राज्ञहरूले खुलेरै छलफल गरे औपचारिकता बिना नै । छलफलमा मन्त्री पाण्डेले आधुनिक छापाखानाको व्यवस्थित संचालन भएको देख्दा खुसी व्यक्त गरे। सो प्रेसलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, सभा हलको थप व्यबस्थापन तथा प्रज्ञा प्रतिष्ठान परिसर र डबलीको मौलिक सौन्दर्यीकरणका विषयमा विचार पोखिए।

सामान्यतया मन्त्री पुगेपछि भाषण फूल मालाले स्वागत र औपचारिकता मै धेरै समय जाने गर्थ्यो तर यस्ता औपचारिकता बिनाकै एक घण्टाको भेट र अवलोकनको निष्कर्ष थियो।

प्रकाशित: २ मंसिर २०८१ १८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App