१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु

केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को मञ्चन सुरु भएको छ। थापागाउँस्थित मण्डला थिएटरमा शनिबारदेखि मञ्चन सुरु भएको नाटकले मानव जीवनको संवेदना, सहअस्तित्व, प्रेम र दम्पतीको सन्तान प्राप्ति चाहनामा विषयवस्तु बनाइएको छ।

निर्देशक श्रेष्ठले ‘ढुकढुकी ७२ मेगाहर्ज’ नाटकको लेखन तथा परिकल्पना गरेका हुन्। नाटकमा मेनुका प्रधान, कर्मा शाक्य लगायतको अभिनय छ। आगामी मंसिर १६ सम्म नियमित मञ्चन हुने नाटक जीवनसँग जोडिएको दाबी निर्देशक श्रेष्ठले गरेका छन्।

‘सन्तान सुखको आशामा रमाइरहेका पतिपत्नीसामु अकस्मात आइलाग्ने जटिलताका कारण सम्बन्धमा आउने घटनाहरूको प्रभाव नाटकमार्फत भन्न खोजेको हुँ’, उनले भने, ‘सन्तान सुखको आशामा बसेका दम्पतीको मनोदशा, संवेग र कठिनाइको आयामलाई यस नाटकले प्रस्तुत गर्छ।’

नाटकमा अभिनेता कर्मा र अभिनेत्री मेनुका प्रधानले पतिपत्नीको भूमिका निर्वाह गरेका छन्। ‘यो नाटक भावनात्मक भएका कारण अन्तिम दृश्यबाट लेखेको थिएँ’, उनले भने, ‘नाटकभित्रका पात्र म आफैं हुँ भन्ने सोचेर लेखेको हुँदा नाटकमा देखाए जस्तो किसिमका घटना कसैको जीवनमा नघटिदिए हुन्थ्यो।’

प्रकाशित: २६ कार्तिक २०८१ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App